मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको जिल्ला अधिवेशन आगामी १३ गते हुने भएको छ । अधिबेशनलाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तीनै जना हेटौंडा आउने पक्का भयको राप्रपा मकवानपुरले जनाएको छ । राप्रपा अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनी आउँदो १३ गते हुने जिल्ला अधिवेशनलाई सम्बोधन गर्न हेटौंडा आउने भएका हुन् । पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष शिबराम थापाको अध्यक्षतामा बसेको बैठकले अधिवेशन तयारीको निमित्त विभिन्न समितीहरु गठन गरि जिम्मेवारी तोकेको छ । शिबराम थापाको अध्यक्षतामा मुल आयोजक समिति गठन भएको छ भने, आर्थिक ,कार्यक्रम तयारी तथा ब्यबस्थापन, अनुगमन,जनपरिचालन, प्रचार-प्रसार, आवास-भोजन,मंच ब्यबस्थापन तथा सजावट, स्वागत लगायतका समिति गठन भएको बताइएको छ।
बैठकले संघीय क्षेत्र नम्बर १ र प्रदेश क,ख को परिषद् बैठक आगामी चैत्र ९ गते तथा संघीय क्षेत्र नम्बर २ र प्रदेश क,ख को चैत्र १० गते गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीका कार्य सम्पादन समितिका सदस्यद्वय मधु अधिकारी , राजाराम बर्तौला केन्द्रिय सदस्यद्वय नबराज बिष्ट ,गणेश थापाको उपस्थिति रहेको थियो। अधिवेशनको उद्घाटन रोयल पाटी प्यालेसमा हुने राप्रपा मकवानपुरकाका युवा संगठनका हेटौंडा नगर अध्यक्ष भृगु कार्किले जानकारी दिए ।