मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र विभागिय टोलि नेपाल आर्मी क्लब भिड्ने भएका छन ।
बिहिबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा अफ्रिकन रुट्स एशोसिएसन (अरास) डुवल क्यामरुनमाथि जित निकाल्दै आर्मीले मकवानपुर–११ सँगको उपाधि भिडन्त पक्का गरेको हो । प्रतियोगिताको साविक विजेता मकवानपुर–११ बुधबार भएको पहिलो सेमिफाइनल खेलमा शहिद स्मारक एडिभिजन लिग विजेता मछिन्द्र क्लबलाई ४–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियोे ।

हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा बिहिबार भएको खेलमा १–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा मोफसलका ३ टिम, ६ राष्ट्रिय टिम र एक बिदेशी टोली सहित १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।