मकवानपुर/फेमकोल एकेडेमीको आयोजना तथा सिटिएफ नेपालको समंन्वयमा गुणस्तरीय सिकाइ तथा संस्कारबारे एक दिने परामर्श कार्यक्रम गरेको छ ।
यसै एकोडेमीका ३० जना शिक्षकहरु पनि यसबारेकोे तालिममा सहभागी भएका छन् । गुणस्तरीय शिक्षाको लागि सिटिएफ नेपालले मन्टेश्वरी तालीम, विद्यार्थी परामर्श, अभिभावक शिक्षा शिक्षक तालिम सन्चालन गर्दै आएको सहजकर्ता डिल्ली निरौलाले बताए । शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तरगत सीप संस्कार र प्रबिधि सहितको शिक्षामा सिटिएफ नेपालले कार्यक्रम सन्चालन गर्दै आएको निरौलाले बताए । छात्राछात्रहरुलाई नैतिकवान बनाउन परामर्श कक्ष प्रभावकारी हुने उनले बताए ।
यस कार्यक्रम अन्तरगत छात्रछात्रालाई बिगतमा आफूबाट भएको कमजोर सम्झने, आन्तरिक क्षमता खोज्ने तथा आगामी दिनमा चेन्ज हुने भन्ने बारे परामर्श गर्ने गरिएको उत्प्रेणाकर्ता रबि किरणले बताए । ‘साथिहरुको लहैलहैमा लागेर गलतमा लागेकाहरुले अबको सही बाटो पत्ता लगाउने, आन्तरिक शक्तिलाई बाहिर ल्याउन प्रेरित गर्ने गर्दछ’ उनले भने ।

छात्र छात्रालाई शिक्षक अभिभावकको भूमिका पहिचान गराउन समेत मनोसामाजिक परामर्श कक्ष प्रभावकारी हुने गरेको उनले बताए । सबै सामुदायिक स्कुलमा आवश्यक महसुस गरिएको उनले बताए । बालबालिकाहरुको मनोसामाजिक समस्या पहिचान गर्ने, समाधान गर्ने, बालबालिका त अभिभावक बिचको कमजोरि हटाउन सवालम यो कार्यक्रमले धेरै सकारात्मक भूमिका निर्वाह गर्ने एकेडेमीका प्रिन्सिपल केशबप्रसाद मुडभरीले बताए ।

कार्यक्रममा हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान, वडा १३ का अध्यक्ष मनोजकुमार वाइबा, महिला मिलन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष बिष्णु माया लामा, सिटु सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर कार्की, समाजसेवी तारा स्याङ्बोलगायतको सहभागिता रहेको एकेडेमीका प्रिन्सिपल मुडभरिले बताए ।