मकवानपुर /सुरक्षित सिकाई वातावरण बारे प्रदेश स्तरीय नीतिगत संम्बाद कार्यक्रम हेटौंडामा भएको छ ।
बिद्यालयमा सुरक्षित सिकाई वातावरण बारे बागमती प्रदेशको धादिङ जिल्लाको १३ वटा बिद्यालयमा पाईलट परियोजना सन्चालित छ । बालबालिकाहरुलाई घरबाट बिद्यालय र बिद्यालयबाट घरसम्म कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारे बहस आवश्यक भएको सहभागीहरुले बताएका थिए ।
बिगत ९ महिनादेखि सन्चालित यो कार्यक्रम अन्तरगत बिद्यालयहरुको बिद्यालय प्रशासन र व्यवस्थापनलाई सुरक्षित वातावरणको लागि उत्तरदायी बनाउने, शिक्षकहरु बिच सुरक्षित व्यबहारका लागि प्रेरित गर्ने, हिंसा, उत्पीडित तथा बदमासीको बारेमा सीप र ज्ञान वृद्धि गर्ने, लैङ्गक तथा गुनासो सम्बन्धी घटनाको तथ्यांक सुरक्षित राख्ने जस्ता कार्य गरिएको कार्यपत्र प्रस्तोता बसन्त पराजुलीले बताए ।
कोभिडको कारण फिल्डमै पुगेर काम गर्न समस्या भएको र पछिल्लो ३ महिना सम्बन्धित बिद्यालयमा नै पुगेर कार्यक्रम गरिएको अर्का कार्यपत्र प्रस्तोता सन्तोष महतोले बताए । छात्रछात्राहरुले सिकाइको क्रममा भएका समस्या बारे गुनासो पेटिका मार्फत उजुरी गर्ने गरेको पराजुलीले बताए । भिएसओ नेपालको सहयोगमा आस्मान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा भएको सुरक्षित सिकाई सम्बन्धि प्रदेश स्तरको कार्यशाला मंगलबार हेटौंडामा भएको थियो ।
बागमती प्रदेशमा प्रदेश स्तरको शैक्षिक नीति लागू भएको छैन । शिक्षा नीतिबारे अझै पनि सुझाव ग्रहण गर्ने सकिने भएकोले यो अवसरलाई सदुपयोग गर्न सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण आचार्यले बताए । बिद्यालयको सिकाइलाई प्रभावकारी र सुरक्षित गर्न अभियान नै सुरु गरिएको उनले बताए । प्रदेश सरकारले प्रदेशको २ सय ५९ बिद्यालयमा बिद्यालय नर्स कार्यरत रहेको उनले बताए । बिद्यालय नर्सको कारण पनि छात्रछात्रालाई मनोसामाजिक परामर्श हुने गरेको आचार्यले बताए ।
बिद्यालय सिकाइको वातावरणलाई सुरक्षित राख्न अभिभावक शिक्षा कार्यक्रम ल्याईएको प्रदेश शिक्षा निर्देशनालय शारदा कुमारी मैनालीले बताइन् । छात्रछात्रालाई हिंसा र उत्पीडितबाट बचाउन महिला शिक्षकको भूमिका महत्वपूर्ण हुने बताइएको थियो । महिला शिक्षकको सक्रियतामा छात्राहरूमा हुने संभावित हिंसा कम हुने शिक्षा पत्रकार समाजका बागमती प्रदेश संयोजक वसन्त पराजुलीले बताए ।