मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को खेलमा मंगलबार भएको अन्तिम क्वार्टरफाईनलमा विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन(अरास) ले र बागमती युवा क्लब सर्लाहीलाई २–१ ले हराउँदै समिफाईनल प्रवेश गरेकाे छ ।
खेलको पहिलो हाफमा बागमती युवा क्लबले १–०को अग्रता सहित औषत प्रदर्शन गरेता पनि दोस्रो हाफमा क्यामरून (अरास)ले पुरै दबाबमा राखेको थियो । सर्लाहीका लागि विदेशी खेलाडी स्टेफन समिरले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा रक्षात्मक खेलेको बागमतीले खेलको ८९ औं मिनेटमा क्यामरुनका लागि बेससेकले जाली चुमाएपछि अग्रात गुमाएको थियो । अन्तिम समय लगातार गोलपोष्टमा प्रहार गरेको क्यामरुनले ९२ मिनेटमा लोइसले गर्दै जीत पक्का गरेका थिए ।

भोली बुधबार लिग विजेता मछिन्द्रले फाईनल प्रवेशको लागि आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ । त्यस्तै चैत ५ गते दाेस्राे सेमिपफाइनलमा क्यामरून र नेपाल अार्मीसँग भिड्ने छ । चैत ७ गते प्रतियाेगिताकाे फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ । प्रतियाेिगतामा ए िडिभजनका टिम सहित १ विदेशी टाेली सहित १० टिमकाे सहभागिता रहेकाे छ ।
।