मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकपमा साेमबारकाे खेलमा संकटा क्लबलाई हराउँदै ए डिभिजन लिग विजेता मछिन्द्र क्लब सेमिफाइनल प्रवेश गरेकाे छ । पुलिसक्लब लाई हराएर क्वार्टरफाईनलमा पुगेको संकटालाई १–० ले हराउँदै मछिन्द सेमिफाइनल पुगेकाे हाे ।
खेलको २४ औं मिनेटमा मछिन्द्रका राजेश परियारले गरेको गोल नै निर्णायक भएको थियो । खेलकाे म्यान अफ दी म्याच बन्दै परियारले १० हजार नगद प्राप्त गरेका छन् । मछिन्द्रले खेलमा निरन्तर दबाब राखेता पनि स्कोर भने बढाउन सकेको थिएन ।
मछिन्द्रले फाईनल प्रवेशको लागि अब आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ । यस्तै भोली विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन र बागमती युवा क्लब सर्लाही खेल्ने छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।