मकवानपुर । हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को शनिबार भएकाे खेलामा खेलमा संकटा क्लब विजयी भएको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आज भएको खेलमा संकटाले विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदे क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पुलिस क्लबले खेलमा दबाब कायम राखेता पनि स्कोर भने निकाल्न नसक्दा खेलको नतिजा संकटाको पक्षमा आएको हो । खेलको ३१ औं मिनेटमा संकटाका तर्फबाट विदेशी खेलाडी एको लुईच क्लेले गरेको गोल नै अन्तिम निर्णय भएको थियो । पुलिसले गरेको दुई प्रहार मध्ये एउटा संकटाका गोलरक्षकले बचाएका थिए भने एउटा बारमा लागेको थियो । पुलिसले बललाई नियन्त्रणमा लिएता पनि लक्षित प्रहार भने गर्न सकेको थिएन ।
प्रतियोगिता अन्तर्गत इतबार नेपाल ए.पी.एफ र सर्लाहीको बागमती युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ । मकवानपुरका स्थानीय तहहरुको सहयोगमा जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।