मकवानपुर । नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर कमिटि बनाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसे पछि काउन्टरमा समानान्तर कमिटि खडा गरिएको बताइएकाे छ ।
नेपाल खनाल समुहले प्रदेश १ को संयोजकमा भीम आचार्य, प्रदेश २ संयाेजकमा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे लाइ ताेकेकाे छ । लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको छ ।
यस्तै युवा संगठनको जिम्मेवारी रघुजी पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई दिइएकाे हाे । महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखको जिम्मेवारी गोविन्द वन्दी र टीकाराम भट्टराईलाई दिइएको छ ।