मकवानपुर । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशर आंशिकदेखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । गण्डकी, बागमती र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागका एक दुर्इ स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार दिनभर देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।