मकवानपुर । लैङ्गिक समानताको लागि पुरुष सहभागिता संजाल मकबानपुरले अन्तरक्रिया गरेकाे छ । लैङ्गिक हिंसा अन्त्य र लैङ्गिक समानताको लागि ममवानपुरका स्थानिय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरिएकाे हाे । मकबानपुर जिल्लाको मकबानपुरगढी गाँउपालिका, बागमति गाँउपालिका र राक्सिाराङ्ग गाँउपालिकाको जनप्रतिनिधिहरुसँग लैङ्गिक समानताको लागि कार्यक्रम गरेकाे थियो ।
लैङ्गिक समानताको लागि पुरुष सहभागिता संजाल मकबानपुरका संयोजक प्रकाश खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा उनले मेन ईगेज एलायन्सले सामाजिक न्याय को बकालत गर्दै महिलालाई अग्रभागमा राखेर महिलाको हिंसा अन्त्य तथा संबिधानमा उल्लेखित महिला अधिकार स्थापितका लागि कृयाशिल हुने कार्य गर्ने बताए ।
यसका साथै यौनिक तथा लैङ्गिक अल्पसंख्यक को अधिकार स्थापित, अपाङ्गता भएकाहरुको समाजिक सुरक्षाको प्रत्याभूती दिलाउन र तमाम लैङ्गिक असमानता हटाउन स्थानिय सरकार संचालन ऐन अनुरुप पालिकाले गर्न सक्ने भूमिकाको बारेमा बताउँदै खतिवडाले लोकतान्त्रीक नेपालमा पालिकाका जनप्रतिनिधिहरुको कर्तब्यको बारेमा बोध समेत गराएका थिए ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारमा कार्यरत फ्रेन्डस हेटौडाका प्रतिनिधि एबं एलायन्सका सदस्य किरण थापाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकले भोगिरहेको अपमान र हेलाका साथै बिभिन्न समस्याहरु बाट ग्रसित हुदै स्थीति भयाबह हुदै गएकोले सरकारले बेलैमा समाधान गर्न आग्रह गरे ।

नारि सिप सृजना केन्द्रका कार्यकारी निर्देशक एबं एलायन्सका सदस्य चिरन्जीबि पौडेलले लैङ्गिक समानताको लागि पुरुष सहभागिताको औचित्यको बारेमा, पत्रकार एबं एलायन्सका सदस्य सुरेश श्रेष्टले लैङ्गिक समानताको लागि पत्रकार गर्न सक्ने योगदानको चर्चा गरेका थिए। यसैगरि एस्थर बेन्जामिनका प्रतिनिधि एबं एलायन्सका सदस्य बुद्ध लामाले सिमान्तकृत किशोरिहरुको शिक्षाको अबस्था खस्कीरहेको अबस्थाको बारेमा चित्रण गरेका थिए ।
कार्यक्रममा राक्सिराङ्ग गाउपालिकाको सदस्य सुरेश घलान, बागमति गाँउपालिकाका सदस्य मठु पुलामी मगर , गढि गाँउपालिकाका सदस्य गणेशमान गोले न्यायिक समतिका अधिबक्ता रामशरण लामिछाने , हेटौडा उपमहानगरपालिका कार्यपालिकाको सदस्य कल्पना बिश्वकर्मा लगायतले अब पालिका पालिकाहरुले लैङ्गिक समानता र समाजिक न्यायको लागि मिहिन ढंगले लाग्नु पर्ने औल्याउदै यस तर्फ पालिकाको कार्ययोजना र बजेट बिनियोजन गर्न क्रियाशील हुने प्रतिबद्धता जाहेर गरेका थिए ।
नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौलाले लैङ्गिक समानताको लागि संजाल गठन हुनु र संजालले कार्य प्रारम्भ गर्नु सकारात्मक कार्य भएकोले सस्थाले संजाललाई कार्यक्रम संचालन र अन्य सहयोग, समन्वय र सहकार्य गर्ने बताइन ।
कार्यक्रममा महिलाजागरण समुहनगर सदस्य दुर्गा नेपाल,र राधिकाचौलागाई लगायतको उपस्थिति रहेको थियो ।