मकवानपुर । हेटौंडाको जारी स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगितामा आज शुक्रबार नेपाल आर्मी क्लब र जावालाखेल युथ क्लब, काठमाडाैं भिड्ने भएका छन् । हेटाैडाकाे वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिता अन्तरगतकाे आजजकाे खेल दुई बजेबाट सुरु हुने आयाेजकले जानकारी दिएकाे छ ।
हेटौंडामा विहीबारबाट सुरु भएको स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगिताकाे उद्घाटन खेलमा रिगल हेटाैडा रिसाेर्ट मकवानपुर-११ ले विजयी सुरुवात गरेको थियाे । नवजनजागृती युवा क्लब सिमरालाई ४-१ गोल अन्तरले हराउँदै मकवानपुर-११ ले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गते सम्म चल्नेछ भने प्रतियोगितामा १० टोलिको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडीले बुलेट बाईक,नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।
गोल्डकपमा नेपाल आर्मि क्लब,नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब काठमाडौंसहित मकवानपुर–११, नव जनजार्गती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही र एक विदेशी टिम सहित १० टिम सहभागि रहेका छन् ।