मकवानपुर । मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट २ वटा माेटर साईकल चाेरी गर्ने ३ जना लाई पक्राउ गरेकाे छ ।
फागुन २३ गते मनहरी ९ का सरोज कुमार श्रेष्ठको ना ४८ प २५७५ नं. को पल्सर मोटरसाईकल हेटाैडा २ चौकिटोलमा पार्कीङ गरी राखेको ठाँउबाट चाेरी गर्ने भरतपुर महानगरपालिका ११ का बर्ष २१ को विजय बोहरालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
सवारी धनी श्रेष्ठकाे निवेदनकाे आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलिले खाेजतलास गर्दा फागुन २५ गते भरतपुर महानगरपालिका ११ स्थितबाट माेटर साइकल चाेरी गर्ने बोहरालाई माेटर साईकल सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यस्तै फागुन २४ गते हेटौडा १८ का जगदिश ढुङ्गानाको बा ८० प ५०४५ नं. को पल्सर मोटरसाईकल हेटाैडा ४ हुप्राचौर सडक छेउमा पार्कीङ गरी राखेको ठाउँबाट चाेरी गर्ने मनहरी ४ का बर्ष २९ को प्रेम राई र राक्सिराङ ३ का वर्ष २१ को प्रकाश थिङलाई पक्राउ गरिएकाे प्रवक्ता रिमालले बताए ।
सवारी धनी ढुंगानाकाे निवेदनकाे आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट खटिएको प्रहरी टोलीले खाेजतलास गर्दा फागुन २४ गते हेटाैडा ४ हुप्राचौरबाट राई र थिङलाई चोरी भएको मोटर साइकल सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको रिमालले जानकारी दिए।