मकवानपुर । मकवानपुर प्रहरीले माेटर साईकल चोरी गर्ने १ जना र फरार प्रतिवादी ३ जना पक्राउ गरेकाे छ ।
ओखलढुङ्गा घर भई हेटौडा ४ बस्ने प्रेम बहादुर तामाङको जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी पार्कीङ गरी राखेको ना ३३ प ६२५८ नं. को पल्सर मोटरसाईकल गत अाइतबार हराएको ले निवेदन दिएका थिए ।
तामाङकाे निवेदनकाे अाधारमा खोजतलाश गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले फागुन २४ गते साेमबार हेटाैडा १० स्थित राप्ती पुल नजिकबाट हेटाैडा ११ बस्ने बर्ष ३३ को विजय लामालाई चोरी भएको सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
यस्तै मकवानपुर प्रहरीले जिल्ला अदालत मकवानपुरबाट चेक अनादर, सवारी ज्यान मुद्दाहरूमा कैद र जरिवान भुक्तान गर्न बाँकी रहेका ३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ ।
मकवानपुर जिल्ला अदालतको २०७४ साल भदाै ५ को फैसलाले चेक अनादर मुद्दामा १ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी सिन्धुली कल्पबृक्ष घर भई हाल हेटाैडा १० बस्ने बर्ष ४० को शशी विश्वकर्मालाई पक्राउ गरी जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको प्रवक्ता रिमालले जानकारी दिए।
यस्तै मकवानपुर जिल्ला अदालतको २०७४ साल माघ ९ गते को फैसलाले सवारी ज्यान मुद्दामा ४ दिन कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर गढी गाँउपालिका ७ सुकौरा बस्ने वर्ष २५ को पवन लामालाई मकवानपुर गढी ७ बाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालत उपस्थित गराईएको रिमालले बताए।
यसै गरी मकवानपुर जिल्ला अदालतको २०५१ साल जेठ ९ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना २० दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी साविक हाँडीखोला ८ बस्ने वर्ष ५७ को चन्द्र बहादुर राना मगर लाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागी कारागार कार्यालय भिमफेदी मकवानपुर पठाईएको रिमालले जानकारी दिए।