मकवानपुर । १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पुरुष पदयात्रा भएकाे छ । लैङ्गिक समानताको लागि पुरुष सहभागिता संजाल नेपालको आयोजना र मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्धको संजालका साथै स्थानिय संध सस्थाहरुको समन्वय र सहकार्यमा पुरुष पदयात्रा गरिएकाे हाे ।
लैङ्गिक समानता तथा मानब अधिकारको क्षेत्रमा कृयशिल संघ सस्थाको पुरुष प्रतिनिधिहरुको सहभागिता रहेको पदयात्रा हेटौडाको सितल महल चोकबाट शुरु भई कपुर कम्प्लेक्स, मेनरोड हुदै बुद्ध चोकमा पुगि कोण सभामा परिणत भएको थियो । मेन ईंगेज एलायन्सको केन्द्रिय परिषदका सदस्य प्रकाश खतिवडाको सभाध्यक्षता तथा बागमति प्रदेश सभा सदस्य माननिय जुनेली श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईन्सेकका बागमति प्रदेश संयोजक कृष्ण गौतम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक संजालका किरण थापा, हामी दाजुभाइका अध्यक्ष सन्जोग ठकुरी, ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिप न्यौपाने, नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौला, सिबिन नेपालका कार्यक्रम संयोजक झबिन्द्र ज्ञवाली लगायतले कार्यक्रममा महिला माथि हुने हिंसाको बिरुद्ध तथा लैङ्गिक समानताको लागि पुरुषको भूमिकाको महत्व बारेमा चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि माननिय जुनेली श्रेष्ठले लैङ्गिक समानताको लागि पुरुषको भूमिका अपरिहार्य भएको बताइन् । प्रकाश खतिवडाको संयोजकत्वमा कमल फुयाल, चिरन्जीबि पौडेल, झबिन्द्र ज्ञवाली, दिप न्यौपाने, कुमारी बाईबा, किरण थापा, जमुना तितुङ् निशा लामा, सुरेश श्रेष्ठ, राम मिजार, दिगम्बर रुपाचा र बुद्ध लामा सहितको तेह्र सदस्य रहने गरि मेन ईगेज एलायन्स जिल्ला कार्यसमिति मकवानपुर गठन भएको माननीय जुनेली श्रेष्ठले औपचारिक घोषणा गरेकि छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवगठित संजालका अध्यक्ष प्रकाश खतिवडाले यो अभियानमा एकजुट हुनको लागि आह्वान गरे । कोण सभा पश्चात बुद्ध चोकमा द्धिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरिएको नारी सीप सृजना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जिबी पौडेलले बताए ।