मकवानपुर । हेटौंडा मेयर कपको उपाधि हेटौंडा–१० ले जितेको छ । सोमबार भएको फाइनल खेलमा हेटौंडा–१८ लाई ५–० गोलअन्तरले हराउँदै वडा नम्बर १० ले उपाधी आफ्नाे पाेल्टामा पारेकाे हाे ।
फाइनल खेलमा वडा नम्बर १० का बिके लामाले ह्याट्रिक गरेका थिए । यस्तै प्रितम स्याङबोले १ गोल गरेका थिए भने १ गोल वडा नम्बर १८ ले आत्माघाती गाेल गरेको थियो । वडा नम्बर १० ले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको १८ नम्बर वडाले नगद १ लाखमा चित्त बुझाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १० का सुमन छुमि घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । फागनु १५ गतेबाट सुरु भएको हेटौंडा मेयर कपको समापन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगितामा हेटौंडाका १९ वटा वडाले सहभागिता जनाएको थिए ।