मकवानपुर । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाकाे आयाेजनामा हेटैडाकाे हुप्राचाैरमा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगितामा उपाधीको लागि आज साेमबार वडा नंबर १० र १८ भिड्दै छन् । हेटौंडा–४ हुप्राचौरमा भएको खेलमा शनिबार दुबै टोलीले ट्राइब्रेकरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका थिए । फाईनल खेल आज दिउँसो १ बजेदेखी हुने आयोजक नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। शनिबार भएको पहिलो खेलमा वडा नंबर १० ले वडा नंबर १३ लाई ट्राइब्रेकरमा ४–१ गोल अन्तर पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
त्यस्तै शनिबार भएकाे दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट लिइएको थियो। वडा नंबर १८ ले वडा नंबर ५ लाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ, उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।