भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आगामी १४ औं संस्करणको आईपीएलको मिति घोषणा गरेको हो । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण बीसीसीआईले घोषणा गरेको मिति अनुसार अप्रिल ९ बाट सुरु हुनेछ ।
बीसीसीआईले घोषणा गरेको आईपीएलको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ । चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् । प्रतियोगिताका खेलहरु चेन्नईसहित अहमदाबाद, बेंगलोर, दिल्ली, मुम्बई र कलकत्ता गरि ६ शहरमा हुनेछ । यस सिजन होम एण्ड अवेको आधारमा खेल हुनेछैन ।