मकवानपुर/हेटौंडामा जारी हेटौंडा मेयरकप प्रतियोगिता को व्यवस्थापनमा आयोजकले ध्यान नदिँदा भद्रगोल हुँदै आएको छ । मञ्च व्यवस्थापनदेखि सुरक्षित वातावरण निर्माणसम्ममा चुकेको हेटौंडा उपमहानगरपालिकाले शनिबार ठुलै समस्या झेल्नुप-यो ।
जारी प्रतियोगितामा शनिबार भएको पहिलो सेमिफाईनल प्रतियोगितामा तनावग्रस्त भएको थियो । हेटौंडा १० र हेटौंडा १३ विच भएको प्रतियोगितामा रेफ्रीको निर्णयपछि हेटौंडा १३ का स्थानीय र समर्थकले मैदानमै रेफ्री माथि प्रहार गर्न खोजेका थिए । खेलमा रेफ्रीले ‘डि बक्स’ भित्रको फललाई पेनाल्टी नदिँदा आक्रोशित बनेका समर्थकले रेफ्री माथि हमला गरेका थिए । खेलको दोस्रो हाफको अधिकांश समय झगडामा वितेको थियो भने खेल त्यसपछि टाईब्रेकरमा धकेलिएको थियो । १३ का खेलाडीहरुले संयमता अपनाएता पनि समर्थक र स्थानीयले टाईब्रेकरमा हार ब्योहोरेपछि मैदानमै निर्णायक टोलीसँग झगडा गरेको थियो भने मञ्चबाट भिडियो र फोटो लिनेहरुलाई हेलमेट आक्रमण भएको थियो ।
दर्शकहरुले रेफ्रीले बारम्बार गल्ति गरेको बताएता पनि रेफ्रीले भने निर्णय परिवर्तन गरेका थिएनन् । प्रतियोगिताको आयोजक रहेको नगर खेलकुद विकास समिति र हेटौंडा उपमहानगरले हम्मेहम्मे नियन्त्रण गरेको खेलको व्यवस्थापनमा ठुलो संख्यामा प्रहरी खटाईएको थियो भने एकपटक लाठी चार्ज समेत भएको थियो । रेफी्रको भुमिकाबारे बारम्बार टिप्पणी भएता पनि आयोजकले ध्यान दिन नसकेको खेलकुद विज्ञहरुले बताएका छन् । प्रतियोगितामा सहभागी टिमका केहि व्यवस्थापकहरुले खेलाडीको सुरक्षा र रेफ्रीको भुमिकामा आयोजक मौन रहेको भन्दै खेल समयमै आलोचना गर्दै आएका छन् ।
स्थानीय स्तरको चर्चित प्रतियोगितामा जाने पत्रकारले समेत समाचार संकलनमा कठिनाई हुने
गरेको छ। मकवानपुरका मिडियाकर्मीले जारी प्रतियोगितामा समाचार संकलन र फोटो खिच्न समेत असहज भएको र दर्शकहरुबाट हुने गलत व्यवहार समेत सहनु पर्ने गुनासो गरेका छन् ।
१० र १८ फाइनलमा
हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको फाइनमा वडा नम्बर १० र वडा नम्बर १८ प्रवेश गरेको छ । हेटौंडा–४ हुप्राचौरमा भएको खेलमा दुबै टोली ट्राइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा वडा नम्बर १० ले वडा नम्बर १३ लाई ट्राइब्रेकरमा ४–१ गोल अन्तर पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ट्राइब्रेकरमा वडा नंम्बर १० का सुमन छुम्मी, बिजय लामा, अशिष लामा र प्रितम स्याङ्बो गोल गरे ।
वडा नंम्बर १३ का श्री स्याङ्तान बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् । खेलमा सुरुवाती अग्रता वडा नम्बर १० ले लिएको थियो । खेलको आठौँ मिनेटमा सुमन छुम्मीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता वडा नम्बर १० ले टिकाइराख्न सकेन। खेलको १२ औं मिनेटमा वडा नम्बर १३ का संयोल सुनारले गोल गर्दै खेल १–१ गोलको बराबरी ल्याए। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १८ ले वडा नम्बर ५ लाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। वडा नंम्बर १८ लाई फाइनलमा पु¥याउन सुनिल घलान, कृष्ण बहादुर गुरागाईं, राजेश पाण्डे, आयुर घलान र अनिश रोक्काले गोल गरे ।
वडा नम्बर ५ का टिका चौलागाईं, मिलन अर्याल, सुमन अर्याल र संजिब अर्यालले मात्रै गोल गर्न सफल भए । यसअघि खेलमा सुरुवाती अग्रता भने वडा नंम्बर ५ ले लिएको थियो। खेलको २६ औं मिनेटमा वडा नम्बर ५ का मिलन अर्यालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। वडा नं ५ को अग्रता खेलको ४४ औँ मिनेटमा तोडियो । वडा नम्बर १८ का बिमल घलानले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याए । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पहिलो सेमिफाइनलमा खेलको म्यानअफ द म्याच वडा नंम्बर १० का दिपेश गोले घोषित भए भने दोस्रो खेलको वडा नम्बर १८ का अनिश
रोक्का घोषित भए ।
प्रतियोगिताको फाइनल खेल सोमबार साबिक बिजेता वडा नम्बर १० र वडा नम्बर १८ भिड्नेछ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको थियो । विजेताले नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्टडिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । (थाहा सन्देशबाट)