मकवानपुर । मकवानपुरगढीदेखि सिन्धुलीगढीसम्मकाे लागि तय गरिएकाे साइकल यात्रशनिबारबाट सुरु गरिएको छ । आन्तरिक पर्यटन प्रवर्ध्दन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यले साइकल यात्रा सुरू गरिएकाे हाे ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार मकवानपुरगढीमा साइकल यात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साइकल यात्राको शुभारम्भ गरेका छन् ।

शुभारम्भ कार्यक्रमका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले साइकल यात्रीहरुको स्वागत गर्दै ऐतिहासिक गढीको बारेमा जानकारी गराएका थिए । बागमती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा गढीदेखि गढीसम्मको साइकल यात्रा आयोजना गरिएको हो ।
उद्योग पर्यटन मन्त्रालय, गढी गाउँपालिका, बाटोमा पर्ने स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, राइडर्स क्लब, साइकल संघ र पंर्वतीय खेलकुद महासंघको साझेदारीमा भएकाे साइकल यात्रीहरुको धरान—चतरा– हेटाैडा मार्ग अन्तर्गत हेटौंडा—फापरबारीको सडकखण्ड हुँदै शनिबार बेलुका सिन्धुलीको हरिहरपुरगढी पुगेर बाँस बस्ने मन्त्रालयका सचिव डा सिन्धु ढुंगानाले बताए ।

शनिवार मकवानपुरगढीबाट सुरू भएकाे साइकल यात्रा २४ गते सिन्धुलिगढीमा झण्डोत्तोनल गरि समापन गरिने मन्त्रालयका सचिव डा शिन्धुप्रसाद ढुंगानाले बताए । साईकल यात्राको माध्यमबाट नयाँ गन्तव्यहरुको खोजि हुने तथा ऐतिहासिक पुरातात्त्विक गढिको सम्बर्द्धन,पहिचान, गन्तव्यको रुपमा विकास गर्नमा सहयोग पुग्ने मन्त्रालयको सचिब ढुङ्गानाले जानकारी दिए ।
नमुना पर्यटन क्षेत्र बनाउने योगदान पुर्याउन मन्त्रालयले साइकल यात्राको क्रममा जोडिने स्थानीय तहहरूसँग समन्वय गरिने बताइएकाे छ । मन्त्रालयले यस कार्यक्रमको लागि ११ लाख ५० हजार बार्षिक कार्यक्रम बाट छुट्याइएको बताईएको छ । बागमती प्रदेशमा रहेको ९ मध्ये ३ वटा गढी छुने गरि ट्रयाक तयार भएकोले हाल ३ वटा गढीको मात्रै यात्रा गरिने छ ।
यसैगरी आयोजक र सहयोगी गरि अन्य ६० जना सहभागी भएकाे मन्त्रालयका सूचना अधिकृत नवराज पुडासैनीले बताए । साइकल यात्रा कार्यक्रमबाट गढीहरुको पहिचान तथा प्रबर्द्धनमा वृद्धि हुने, आन्तरिक पर्यटनमा वृद्धि हुने, गढीलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहज हुने सूचना अधिकृत पुडासैनीले बताए ।
विश्व यात्री पुस्कर शाहको अगुवाइमा ३ जना महिलासहित १ सय २२ जना साइकल यात्रीहरु मकवानपुरगढीबाट यात्रा सुरु गरेको मन्त्रालय पुडासैनीले बताए । मकवानपुरगढीबाट सिन्धुलीगढीको दूरी १ सय ३१ किलोमिटर रहेको छ ।