मकवानपुर/मकवानपुर जिल्लामा भोलीबाट कोरोना विरुद्धको खोप कोभिशिल्ड प्राथमिकता दोस्रो चरणमा लगाईने भएको छ ।
दोस्रो चरणको खोप १७ हजार ५ सयले खोप लगाउने लक्ष्य सहित दोस्रो चरणको खोप २३ गते भोलीबाट सुरु हुने भएको जिल्ला खोप समन्वय समिति मकवानपुरले जनाएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्रकारहरु सँग अन्र्तक्रिया गर्दै खोप समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सर्वसाधारणलाई खोप लगाउन आग्रह गरेको छ ।
मकवानपुरमा पहिलो चरणमा ३ हजार ३ सय ८४ जनालाई यो खोप दिने लक्ष्य राखिएकोमा २ हजार १ सय ६६ जनाले खोप लगाएको निर्देशनालयले जनाएको छ । माघ १४ गतेदेखि हेटौंडा अस्पताबाट मकवानपुरमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो । अब जिल्लाको १० वटै स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र निर्माण गरेर कोरोना विरुद्धको खोप लगाउने भएका हुन् ।
मकवानपुर जिल्लामा ४१ वटा खोप केन्द्र निर्माण गरेर दोस्रो चरणको खोप दिईनेछ । जिल्लामा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा ७ हजार ५ सय ५० जना ६५ वर्ष नाघेका मानिस छन् । भोलीबाट ६५ वर्ष माथिका नागरिकलाई १० दिन र ५५ वर्ष माथिका नागरिकहरुलाई १० दिन गरी २० दिन खोप अभियान चल्ने समितिले जनाएको छ ।