मकवानपुर । पछिल्लो २४ घण्टामा थप ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । याे सँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ७० हजार ७ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ सय २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ लाख ७४ हजार छ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।