मकवानपुर । मकवानपुर प्रहरीले सवारी ज्यान मुद्दामा फरार प्रतिवादी हेटाैडा १२ का भिमसेन थापामगरलाइ पक्राउ गरेकाे छ ।
मकवानपुर जिल्ला अदालतको २०७३ साल मंशिर ५ गते को फैसलाले सवारी ज्यान मुद्दामा १ बर्ष ११ महिना ५ दिन कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी थापामगरलाई फागुन २१ हेटाैडा १२ स्थित मगरकाे घरबाटै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले जानकारी दिए ।
गजमेरकाा अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरि हवल्दार केदार बि.क.को कमाण्डमा खटीएको टोलीले जिल्ला मकवानपुर हेटाैडा १२ बाट थापा मगरलाइ पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको छ ।