मकवानपुर/समताको सवालमा कानुन प्रर्याप्त बनेको भएपनि कार्यान्वयनको पाटोमा सशक्त नभएकोले अबको अभियान यसतर्फ आवश्यक भएको गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज बुद्ध शरण लामाले बताएका छन् ।
‘महिला तथा बालिकाहरुमाथि हुने हिंसा, दुव्र्यवहार विरुद्ध कानुनहरु बनेको भएपनि कानुनलाई व्यावहारिक गर्न सकिएन,जघन्य अपराधलाई सामान्य कुराको रुपमा लिनेगर्दा प्रोत्साहन भएको छ’ लामाले भने ‘अब कानुनी कार्यन्वयनको सवालमा एड्भोकेसी जरुरी छ ।’ महिलाहरू क्षमतावान भएपनी अवसर पाएका छैनन् । अवसर पाए पनि पहुँचमा पु-याउन नसकीएको बताउँदै लामाले महिलाको मनोबल उठाउन काम गर्नुपर्ने बताए ।
१११ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम लामाले यस्तो बताएका हुन् । महिलाको सुरक्षा, सम्म्मान र रोजगार : समृद्ध नेपालको आधार भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरुले महिलाको सुरक्षा अवस्था नाजुक भएको बताएका थिए ।
कार्यक्रममा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश संयोजक कृष्ण गौतमले दण्डहीनताको विरुद्ध, मानव अधिकारको पक्षमा लगातार लाग्नुपर्ने बताए ।
आफूहरु विरुद्ध हिंसा हुदासमेत उजुरीको प्रक्रिया नजान्ने महिलाहरुको लागि हिंसा विरुद्ध उजुरिको लागि पहुँच बढाउनु पर्ने गौतमले बताए बताए । यसैगरी नागरिक समाज कमजोर भएको कारण मौलिक हकका प्रावधान लागू गराउन नसकिएको शान्तिको लागि साझा अभियान (कोक्याप)का अर्जुन ढकालले बताए ।

महिला दिवसहरुमा मात्रै नभइ सधैंभरी महिला तथा बालिकाहरुको पक्षमा आमसञ्चारबाट एड्भोकेसी गर्न र अधिकारको सवालमा हालेमालो गर्न तयार रहेको सञ्चारिक समूह नेपाल बागमती प्रदेश संयोजक सरिता दाहालले बताइन् । कुनै पनि विषम परिस्थिति आइपरेमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रताडित हुने समूह महिला र बालिकाहरु नै रहेको भन्दै संयोजक दाहालले बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, प्रहरी सहायक निरीक्षक दीपा तामाङले कार्यपत्र प्रस्तुत गरेकि थिइन् । महिलाको अवस्था अझै पनि धेरै नाजुक रहेको प्रहरी सहायक निरीक्षक तामाङले बताइन् ।
यसैगरी सिविन बाल हेल्प लाइन मकवानपुर प्रमुख झविन्द्र ज्ञावलीले बालिकाको पहिचानको लागि संघर्ष गर्नु परेको बताए । ‘जन्मदर्तामा समस्या छ, सफ्टवेयरले नलिने बाहानामा बालिका माथी अन्याय भएको छ’, ज्ञवलीले भने ‘राज्यले पनि विशेष प्रकारका बालबालिकोको पहिचानको समस्या भएको अवस्थामा बिशेष प्रकारको व्यवस्था गरेर जन्मदर्ता गरिदिनुपर्छ ।’ समाजमा अझैपनि छिटो विवाह हुने क्रम रोक्ने चुनौती रहेको ज्ञावलीले बताए ।
अभिभावकले केयर नगर्दा बालबालिका बेवारिसे बन्ने क्रम बढेको पनि ज्ञावलीले बताए ।
यसैगरी गैसस मकवानपुर कोषाध्यक्ष इन्दिरा न्यौपानेले महिलाहरू गर्भदेखी घाटसम्म सुरक्षित नभएको बताइन् । महिलाको असुरक्षाले महिलामात्रै जोखिममा रहेको नभई यसले सिङ्गो समुदायलाई असर पु-याएको न्यौपानेले बताइन् ।

मानव अधिकार संरक्षण तथा मानव वेचबिखन विरुद्धको सञ्जालको आयोजना तथा गैसस महासंघ नेपाल बागमती प्रदेश, जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्लान नेपाल, डेक नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा सञ्जाल संयोजक आरति पाठकले दिवसको अवसरमा आयाजना हुने विभिन्न कार्यक्रम बारे जानकारी गराइकी थिइन् । कार्यक्रममा संयोजक पाठकले महिलाको अवस्थामा सुधार ल्याउन अझै धेरै संघर्ष बाँकी रहेको बताइन् । ‘रोजगार दिनेले नै पनि हिंसा गरेको हुनसक्छ खबरदारी गरौं’ पाठकले भनिन् । पाठकका अनुसार दिवसको अवसरमा -याली, गीति नाटक, मास क्वुज, रक्तदान जस्ता कार्यक्रम हुनेछ ।
अन्तरक्रिया कार्यक्रममा सञ्जाल उपाध्यक्ष माया लामाले स्वागत गरेकी थिइन भने सचिव जगन्नाथ सुवेदीले सञ्चालन गरेका थिए ।