- अनिल पराजुली
कतार । घरबाट फर्किएको ६ महिना नबित्दै सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्बर ४ का छविलाल बुढाले अकल्पिनीय घट्नाको सामाना गर्नु प¥यो । कम्पनीको साइडबाट साँझको काम सक्काएर क्याप फर्कने बेलामा गाडी छुटेपछि उनी साइडको सानो पिकमामा फर्किए । कतारको समल रोड (१६ नम्बर) मा क्याम्प जानका लागि बाटो काट्ने क्रममा उनी सडक दुर्घटनामा परे ।
उनले त्यो नमिठो दिनको सम्झ्ना गर्दै भने २०१७ नोभेम्बर ७ तारिक मेरा लागि कालो दिन नै सिद्ध भयो । बाटो काट्दै थिए, गाडी धेरै स्पीड थियो, गाडीले ठक्कर दियो, मलाई ४८ घण्टा सम्म होस नै आएन, कतारको हमाद अस्पतालमा एक हप्ता उपचार पश्चात २ महिना कोठामै रेष्ट गरे । दुई महिनाको अवधिमा ४ पटक मेरो खुट्टाको अप्रेशन भयो ।
इमर्जेन्सी भएकाले लागेको सबै खर्च यहाँको सरकारी अस्पताल हमालले नै करिव ५५ सय रियाल भन्दा बढीको सबै खर्च व्यहो¥यो । अस्पतालबाट डिसचार्ज भएर जाने क्रममा एक थान वाकर र एक थान ह्लिय चियर पनि पाए । सडक दुर्घटनामा परेपछि खुट्टा काट्न प¥यो, मेरो जीवन नै अधुरो भयो, उनले टेलिफोन संवादमा भने ।
उनकोे कृतिम खुट्टामा प्लाष्टिकको कभर भएकाले घाम, पानी र आगोबाट जोगाउन चिकित्सकले सल्लाह दिएको सुनाउँदै अब अर्को बर्ष कृतिम खट्टा फेर्न पर्ने मिति नजिकिदै गर्दा उनी चिन्तामा छन् । उनले २०१८ मा कृतिम खुट्टा हालेको जानकारी दिए । वैशाखीको सहाराले यता उता गरेर जीवन धानिरहेका उनी अब फेरि कृतिम खुट्टा हाल्न खर्च जुटाउने तनावमा छन् । करिव १४ हजार ५ सय कतारी रियाल अर्थात करिव नेपाली ५ लाख भन्दा बढी खर्च कृतिम खुट्टाको लागि लाग्ने उनले बताए ।
उनी सन् २००८ मा कतार छिरेका थिए । हालसम्म ४ पटक बिदामा घर गएर फर्किएका उनी २०१७ देखि कतारमै रहेका छन् । एउटा खुट्टा गुमाएका उनले लकडाउन र कोरोना कहरको सामना गर्नुप¥यो । ३ छोरा सहित ७ जनाको परिवारको जिम्मेवारी बोकेका छविलाललाई भाग्यले भने ठगेको छ । परिवारले स्वदेश फर्कन भने पनि उनी स्वदेश फर्कन सकेका छैैनन्, उनले भने–परिवारले आउ भनेर भनिरहेकोछ, म अशक्त भए अब गएर के गर्नु, खुट्टा फेर्न आर्थिक जोहो पनि गर्न नसक्ने भए, बोझ भएर कसरी जाउँ ।
सडक दुर्घटनामा परेपछि दुर्घटना गराउने विरुद्ध कतारको हाइकोटमा मुद्दा दर्ता गरेर मुद्दा लडे पनि हाइकोटले आफूलाई दोषी देखाएको छविलाले बताए । उनले हाइकोटले दोषी देखाएपछि केही क्षितिपूर्ति नपाएको गुनासो गरे । सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाल कतारको अल वाकरा स्थित आइटिसीसी (इमपीरियल ट्रेडिङग् एण्ड क्न्ट्राक्टिङ) कम्पनीको स्काफोल्डीङ्गमा काम गर्थे । खुट्टा गुमाएपछि छविलाल हाल कम्पनीकै स्टोरमा हल्का फुल्का काम गरिरहेका छन् । उनलाई चिकित्सकले ५ केजी भन्दा माथिको तौल नउठाउन भनेका छन् । परदेशमा उनी अहिले जीवन जिउनकै लागि संघर्ष गरिरहेका छन् ।
यसैबिच सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाललाई एनआरएनए कतारले ह्वीलचियर प्रदान गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समन्वय गरी ह्वीलचियर प्रदान गरेको हो । लामो समयदेखि कतारमा कार्यरत बुढालाई त्यहाँको परोपकारी संस्था कतार रेडक्रिसेन्टले उक्त ह्वीलचियर उपलब्ध गराएको थियोे ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले छविलालको अफिसियल डकुमेन्ट उपलब्धपछि कृत्रिम खुट्टा जडान गर्ने कार्यमा सहयोग गर्ने बताए । संघ अध्यक्ष मुसलमानले छविलाल जस्ता समस्यामा रहेका अन्य नेपालीलाई पनि गैर आवासीय नेपाली संघ कतारले सहयोग गरिरहेको बताए ।