म्यानमारमा प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार ३८ जनाको ज्यान गएको छ। सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यानमारमा लगातार प्रदर्शन जारी छ।
म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो। म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। म्यानमारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ। पश्चिमा मुलुकहरुले म्यानमारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन्।
एएक व्यक्तिको टाउकामा गोली लागेको बताइएकाे। देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो। सैनिकले सत्ता कब्जा गरेपछि गत आइतबार भएको रक्तपातमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो। देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ। एजेन्सी