- रामकुमार पुडासैनी (प्रमुख प्रशासकीय अधिकृत, मकवानपुरगढी गाउँपालिका,मकवानपुर )
मकवानपुरगढी गाउँपालिकाको नामाकरणतत्कालिन सेन वंशीय राजाहरुको राजधानी मकवानपुरगढीको ऐतिहासिक महत्वलाई आत्मसाथ गरी गरिएको छ । मकवानपुरगढी, पछि हरिहरपुरगढीमा भएको पराजय पश्चात तत्कालिन सेन वंशीय अन्तिम राजा दिग्वन्धन सेनले बंगालका नवाव मिरकासीमसँग सैन्य सहयोग मागे पश्चात गुरगिन खाँ को नेतृत्वमा आएको करिब २५०० जना फौजले तत्कालिन हर्नामाडीमा रहेको पोष्ट हुदै मकवानपुरगढीमा आक्रमण गरेपछि पृथ्वी नारायण शाहले दहचोकबाट पठाउनु भएको नाहर सिं बस्नेत र बंशीराज पाण्डे नेतृत्वको गोर्खाली सेनाले लगातार आक्रमण गरी वि.सं १८१९ माघ १० गते उक्त सेनालाई परास्त
गरेपश्चात नेपाली भूमिमा भएको बिदेशी हस्तक्षेपबाट राष्ट्रिय अखण्डता र स्वाधिनताको रक्षा गर्न सफल भएको इतिहास संग मककवानपुरगढीको साख जोडिएको छ ।
बागमती प्रदेशकोको राजधानी हेटौडाबाट सबैभन्दा नजजिकको गाउँपालिकाको रुपमा मकवानपुरगढी गाउँपालिका अवस्थित छ । नेपालमा संघीय प्रणालीको अभ्यास भएसंगै साविकका ४ वटा गाविसहरु ९मकवानपुरगढी, आमभञ्ज्याङ्ग, सुकौरा र बुढीचौर० लाई एक गरी मकवानपुरगढी गाउँपालिको निर्माण भएको हो । अधिकांस जमिन डाँडाकाँढाले ढाकिएको यस पालिकाको मध्यभागमा सामरी खोला बगेको छ । तमाङ जातिको मुख्य बाहुल्यता रहेको यस क्षेत्रका अधिकांस घरपरिवार कृषि तथा पशुपालनमा मुख्यतः आश्रित छन् । शहरबाट नजिकैको क्षेत्र भएर पनि विभिन्न सुविधाहरुको आभव तथा विकासका पूर्वाधारहरुको आवश्यकता खड्कदै आएको यो क्षेत्रमा स्थानीय तहको निर्वाचन भएपश्चात भने“मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार ९शिक्षा, कृषि, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ चरणबद्ध एवं योजनाबद्धरुपमा नै विकास निर्माणका कार्यहरु हुदै आईरहेका छन् ।
गाउँपालिकाले आफ्नो ५ वर्षिय आवधिक योजना निर्माणको अवस्थाबाट नै गाउपालिकाको विकासको आधारको रुपमा पर्यटनलाईआत्मसाथ गरेको छ । यस गाउँपालिकामा वाह्य पर्यटन भन्दा पनि ऐतिहासिक महत्व वोकेका क्षेत्रहरुमास्वदेशी पर्यटकहरुलाई आकर्षित गरी स्थानीय उत्पादनहरुको उपभोगमा प्राथमिकता दिदै जनताको आर्थिक जीवनस्तर उठाउने लक्ष्य रहेको छ । साविकको मकवानपुरगढी गाविस क्षेत्रले कृषि एवं ऐतिहासिक पहिचानलाई आत्मसाथ गरेको, साविकको आमभन्ज्याङ गाविस कृषि तथा दुग्ध उत्पादनमा अगाडी रहेको छ भनेसाविकका सुकौरा तथा वुढीचौर गाविसका क्षेत्रहरु चुन उद्योगको खानी क्षेत्रको रुपमा रहेका छन् ।
स्थानीय जनताहरुको आर्थिक, सामाजिक, मानविय तथा भौतिक विकासको लागि प्रमुख मेरुदण्डको रुपमा कृषि तथा पर्यटनलाई प्रथमिकता दिई कार्यक्रमहरु अगाडि बढाईरहेको छ । त्यसको लागि गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम एवं वजेटमा पर्यटकीय क्षेत्रको विकासलाई महत्वपुर्ण स्थान दिदै आइरहेको छ ।
- हालसम्म गाउँपालिकाले पर्यटकीय क्षेत्रहरुको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना निर्माण गरेका क्षेत्रहरु :
- ऐतिहासिक मकवानपुरगढी दरवार (संघीय) (सरकार, पुरातात्व विभाग तथा यस मकवानपुरगढी गाउँपालिकाको सहकार्यमा ।)
- एकिकरण विजय पार्क मकवानपुरगढी २ (यस गाउँपालिकावाट शाह वंशीय राजा तथा वंगाली राजा विच युद्ध भएको क्षेत्रहरु समेटेर तयार गरिएको ।)
- ढुङगेगढी क्षेत्र, मकवानपुरगढी २ (मकवानपुरगढी दरवारको क्षेत्रको रुपमा रहेको तथा भारत को विहार राज्य तथा नेपालको तराईका क्षेत्रहरुको अवलोकन गर्न सकिने ।)
- रानिवास एग्रो टुरिजम पार्क, मकवानपुर गढी १ (संघिय सरकारको गौरवको योजनाको रुपमा रहेको) तराई–मधेश–राजधानी द्रुत मार्ग संचालनमा आएपछिको अवस्थालाई मध्यनजर तयार गरिएको ।
- पशु मैत्री पार्क निर्माण, मकवानपुरगढी ३ (कृषि क्षेत्रमा रहेका जनाताहरुलाई आर्कषण गर्दै कृषि पर्यटकीय क्षेत्र विकासको लागि मकवानपुरगढी–३, सामरीखोलाको क्षेत्र समेटी तयार गरिएको ।)
- मनकामना मन्दिर निर्माण तथा पार्क स्थापना, मकवानपुरगढी ४ (धार्मिक पर्यटकलाई आकर्षण गर्नको लागि तयार गरिएको ।)
- शहिद रुद्र स्मृती पार्क, मकवानपुरगढी ४ ( देशको परिवर्तनकालागि सहादत प्राप्त शहिदहरुको सम्मानमा ।)
- ऐतिहासिक बुढीचौर खुँडेधार पदमार्ग, मकवानपुरगढी ७ र ८ (आन्तरीक पर्यटकहरुलाई ऐतिहासिक महत्वबारे जानकारी गराउन शाह वंशीय राजाहरु हिड्ने क्षेत्र समेटिएको ।)
- ऋषेश्वर गुफा, मकवानपुरगढी ८ गुफाको पहिचान, विस्तार तथा पर्यटकीय गन्तब्यको रुपमा विस्तार गर्न ।
- मकवानपुरगढी दरवार रिर्सोट तथा जिपलाइन, मकवानपुरगढी २ ( निजि क्षेत्रको लगानीमा मकवानपुरगढी दरवार रिर्सोट तथा जिपलाईन संचालनको लागि)
- मनकामना–हेटौडा केवुल कार तथा जिपलाइन संचालन, मकवानपुरगढी ४ (निजिक्षेत्रको लगानीमा धार्मिक एवं पर्यटन प्रवर्धन गर्नका लागि)
पर्यटन पूर्वाधारहरुको प्रवद्र्धनमा मकवानपुरगढी गाउँपालिका र अन्य निकायहरुसंगको सहकार्यमा भएका कार्यहरु/लगानी :
- संघीय सरकार संगको संयुक्त लगानीमा मकवानपुरगढी दरवारमा फुट टर्न, बगैचा, पिकनिक स्टल तथा सेतो हात्तीको मूर्ति निर्माण ।
- बागमती प्रदेश सरकारको लगानीमा ऐतिहासिक मकवानपुरगढी दरवारको कम्पाउण्ड वाल निर्माण,सुचना गोल घर निर्माण तथा गेट निर्माण ।
- बागमती सरकार तथा गाउँपालिकाको संयुक्त लगानीमा ढुङगेगढीमा मन्दीर निर्माण तथा पिकनिक स्टल निर्माण ।
- बागमती प्रदेश सरकार,गाउँपालिका तथा प्रदेश पुर्वाधार कार्यक्रम अन्तर्गत मकवानपुरगढी वडा ४ मा रहेको शहिद रुद्र वाटीकामा वाटीकाको क्षेत्र पहिचान गरी घेरावारा,पिकनिक स्टल,अफिस कोठा तथा सभाहल निर्माण ।
- बागमती प्रदेश सरकार र गाउँपालिकाको समपुरक कोषबाट मकवानपुरगढी ४ मा रहेको मनकामना मन्दिर क्षेत्रको पुर्वाधार निर्माण ।
- बागमती प्रदेश सरकार तथा गाउँपालिकाको समपुरक कोषवाट ऋषेश्वर गुफामा पर्यटकीय पुर्वाधार निर्माण ।
- मकवानपुरगढी गाउँपालिकाको लगानीमा रानीवास एग्रो टुरिजम पार्कमा पिकनिक स्टल तथा अन्य पुर्वाधार निर्माण ।
- मकवानपुरगढी गाउँपालिकाको लगानीमा ऐतिहासिक विजय पार्कमा विजय पार्कको क्षेत्र पहिचान तथा त्यसको घेरा वारा शुरु ।
- निजि क्षेत्रको लगानीमा ऐतिहासिक मकवानपुरगढी दरवारलाई समेटिएर जिपलाईन संचालन ।
- मकवानपुरगढी गाउँपालिकाको लगानीमा ऐतिहासिक खुँडेधार क्षेत्रमा पदमार्ग निर्माण ।
- मकवानपुरगढी गाउँपालिकाको लगानीमा शहिद वासुदेव पार्क निर्माणको शुरु ।
मकवानपुरगढी गाउँपालिकाद्वारा यस आर्थिक वर्षमा संचालन गरिने कार्यक्रमहरु :
- पुरातत्व विभागवाट तयार गरेको गुरु योजना अनुसार मकवानपुरगढी दरवारको पुरात्व विभागवाट नै जिर्णेदार कार्यक्रम ।¼ मकवानपुरगढी दरवारको वाहिरी क्षेत्रमा पृथ्वी
- नारायण शाहको सालिक निर्माण,सेन वंशीय राजाहरुको सालिक,भ्यु टावर, पानीको फोहरा,वगैचा तथा शव्य दृश्य हल ।
- ऐतिहासिक विजय पार्कमा गुरुयोजना अनुसारको आफ्नो क्षेत्र छुट्टाउने कार्य ।
- रानीवास टुरिजम पार्कमा पिकनिक स्टल तथा मन्दिर निर्माण ।
- रुद्रवाटिकामा पर्टकीय पार्क निर्माण ।
- ऐतिहासिक खुँडेधारमा पदमार्ग थपगर्ने ।
- पशुमैत्री पार्कमा गुरुयोजनाले पहिचान गरेको क्षेत्रहरुको घेरावारा निर्माण गर्ने ।
- मनकामना मन्दिर क्षेत्रलाई समेटेर वागमती प्रदेशको राजधानी देख्न सकिने गरी भ्यूटावर निर्माण गर्ने ।
- मकवानपुरगढी दरवार क्षेत्रमा आवश्यक क्षेत्र हेरी पार्किङ स्थल निर्माण गर्ने ।
- मकवानपुरगढी गाउँपालिका वडा नं ५ मा रहेको खयर घारीमामा जलेश्वरधाम धार्मिक पर्यटन क्षेत्र निर्माण गर्ने ।
- मकवानपुरगढी गाउँपालिका वडा नं। ६ मा हर्लिग्राफ पर्यटकीय क्षेत्र निर्माण गर्ने ।
- मकवानपुरगढी गाउँपालिकाको लगानीमा शहिद वासुदेव पार्कको निर्माण गर्ने ।
- ऋषेश्वर गुफामा अन्य पुर्वाधार निर्माण गर्ने ।
- मकवानपुरगढी गाउँपालिका वडा नं। ७ मा संस्थागत गुम्वा निर्माण गर्ने ।
मकवानपुरगढी गाउँपालिकाको आगामी पर्यटकीय विकासका लागि संचालन गरिने कार्यक्रमहरु :
ऋषेश्वर गुफाथानमा झोलुङ्गे पुल निर्माण ।
ऐतिहासिक विजय पार्कमा गुरु योजना अनुसारको विकास गर्ने ।
गाउँपालिकाले तयार गरेको गुरुयोजना अनुसार ढुङ्गेगढी क्षेत्रको विकास गर्ने ।
मकवानपुरगढी दरवारलाई ऐतिहासिक पहिचान सहित पुरातत्व विभागले तयार गरेको गुरुयोजना अनुसार कार्य गर्ने ।
मकवानपुरगढी गाउँपालिकाले तयार गरेको गुरु योजना अनुसार पशु मैत्री पार्क निर्माण गर्ने ।
मकवानपुरगढी वडा नं ८ मा बन्जी जम्पको संभाव्यता अध्ययन गरी संचालनमा ल्याउन निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने ।
निजि क्षेत्रवाट मनकामना मन्दीरलाई समेटेर निर्माण गर्नलागिएको केवलकार तथा जिपलाईन निर्माण कम्पनीलाई प्रोत्साहन गर्ने ।
रानीबास टुरिजम पार्कलाइ गुरुयोजना अन्तर्गत काम पुरा गरिने ।
मकवानपुरगढी दरवार क्षेत्रलाई समेटेर प्याराग्लाईडिङ संचालनको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्ने ।
गाउँपालिकाको समग्र पर्यटकीय क्षेत्रको विकास एवं विस्तारमा निजि क्षेत्रलाई प्रोत्साहन गर्नको लागि आवश्यक नीति तय गर्ने ।
मनकामना क्षेत्रमा निर्माण गर्न लागिएको भ्यु टावरलाईपूर्णता दिने ।
मकानपुरगढी गाउँपालिका वडा नं २ वरवोटमा रहेको गुम्वालाईबौद्ध धार्मिक क्षेत्रको रुपमा विकास गर्न कार्यक्रम अगाडि बढाउने ।
वडा नं ७ मा संस्थागत वौद्ध गुम्वा निर्माण गर्ने ।
मकवानपुरगढी गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासका चुनौतीहरु
गाउँपालिकाको सिमित साधन (श्रोतमा धेरै पर्यटकीय संभावनाका क्षेत्रहरुलाई एकैपटक सम्बोधन गर्नु । )
समुदायस्तरलाईपर्यटकीय क्षेत्रको विकासवाट आर्थिक समृद्धि सम्भव हुन्छ भन्ने कुरामाविश्वस्त पार्नु ।
गाउँपालिकामा भएका पर्यटकीय क्षेत्रहरुको प्राथमिकताक्रम तोक्नु ।
स्थानीय तहको आवश्यकताको आधारमा संघीय सरकार तथा प्रदेश सरकारवाट बजेट निकासा गर्नु ।