मकवानपुर/ हेटौंडाको हुप्रचौरमा जारी मेयरकप फुटबल प्रतियोगितामा मंगलबार २ खेल भएका छन् । मंगलबार भएको खेलमा हेटौंडा ६ र १३ ले विजयी भएका छन् ।
मंगलबारको पहिलो खेलमा वडा–६ ले वडा–१४ लाई १—० गोलअन्तरले हराएका छ । वडा–६ का आलोक श्रेष्ठले ३५ मिनेटमा गोल गरेस“गै टिम विजय बनेको थियो । म्यान अफ दी म्याच भने वडा–१४ का सन्दीप घलान घोषित भए । मंगलबार भएको दोस्रो खेलमा हेटौंडा–१३ र वडा–९ को खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।
वडा–१३ बाट २७ मिनेटमा रवि थिङले गोल गरेका थिए भने ३३ मिनेटमा सुवास लुङ्बाले गोल गरेका थिए । वडा–९ बाट १९ मिनेटमा अमिर श्रेष्ठ र २३ मिनेटमा आशीष लामाले गोल गरेका थिए । खेल बराबरीमा टुङिगएपछि टाइब्रेकरमा ५—३ गोलअन्तरले वडा–१३ विजयी बनेको हो । खेलको म्यान अफ दी म्याच वडा–९ का अमिर श्रेष्ठ घोषित भए ।
आज बुधबार हुने पहिलो खेल वडा–१० र वडा–४ विच खेल हुनेछ भने दोस्रो खेलमा वडा–१५ र वडा–१८ बीच भीडन्त रहेको छ । २४ गते फाईनल हुने प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँचरपाँचहजार रुपैयाँ प्राप्त गर्नेछन् ।