मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । उनले मन्त्रिपरिषद्काे सिफारिसमा सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधी सभाकाे अधिवेशन आह्वान गरेकी हुन् ।
नेपालकाे सविधानकाे धारा ९३ काे उपधारा ३ बमाेजिम राष्ट्रपतिबाट प्रतिनिधी सभाकाे अधिवेशन राष्ट्रपतिले २३ गते ४ बजेका लागिको आव्हान गरिएकाे राष्टपती कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तीमा जनाइएकाे छ ।
शुक्रबार बसेको क्याबिनेट बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएकाे थियाे ।
