मकवानपुर । बागमती प्रदेशका ५ जिल्ला अस्पताललाई अाइतबार एम्बुलेन्स हस्तान्तरण गरिएकाे छ । सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत खरिद गरिएकाे एम्बुलेन्स मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ५ जिल्ला अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
अाइतबार एक कार्यक्रमका बीच मकवानपुरको हेटौंडा, नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको चौतारा, धादिङको धादिङबेसी र सिन्धुली जिल्लाको सिन्धुली माडी अस्पतालको प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई एम्बुलेन्स हस्तान्तरण गरिएकाे छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले संचालन गरेका अस्पतालले स्तरीय र गुणस्तरीय सेवा प्रदान गरिरहेकाे बताए ।

‘अस्पतालहरुको सेवा गुणस्तरीय भए विरामी रिफर गर्ने अवस्थाको अन्त्य हुनेछ’ पाैडेलले भने जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेकाे छ जनशक्ति र उपकरणको पर्याप्त उपलव्धताका लागि प्रदेश सरकारले काम गरिरहेको छ ।’
कार्यक्रममा प्रदेशका प्रमुख सचिव मानबहादुर विके, मन्त्रालयका सचिव दिपक काफ्ले, आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक बसन्त अधिकारी, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
आपूर्ति व्यवस्थापन केन्द्रले पहिलो पटक सुविधा सम्पन्न ‘ख’ बर्गको एम्बुलेन्स जिल्ला अस्पताललाई प्रदान गरेको जनाइएको छ । अहिले उपलव्ध गराइएका ५ वटा एम्बुलेन्सको लागत एक करोड ४६ लाख रुपैंया रहेको छ ।