मकवानपुर । बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् । वीर गणेशमान सिंह स्मृति प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउन जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशी, प्रशिक्षक लालबहादुर पौडेलसहित पाँच जना खेलाडी आइतबार काठमाडौं प्रस्थान गरेका छन् ।मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका हुन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमानको स्मृतिमा आयोजना हुने प्रतियोगिता फागुन १७ गते साेमबारदेखि २२ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा अनन्त ओझाले ४९ केजी तौल समूहमा, बुद्ध तितुङले ५२ केजी तौल समूहमा, महेन्द्र राईले ५६ केजी तौल समूहमा, सुचितध्वज कार्कीले ६० के.जी तौल समूह र निश्चल विष्टले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्
प्रशिक्षण राम्रो भएकोले खेलाडीले उत्कृष्ठ प्रदर्शन गर्नेमा विश्वस्त रहेको प्रशिक्षक लालबहादुर पौडेलले बताए । प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले चार हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिताको लागि हेटौंडा ५ निवासी माधवकुमार न्यौपानेले आफ्नो स्वर्गीय पिता हरिप्रसाद न्यौपानेको स्मृतिमा खेलाडी तथा प्रशिक्षकलाई २५ हजार रुपैयाँ, सानोपोखरा निवासी तथा खेलकुदप्रेमी विनोद महतले यातायात खर्च १० हजार रुपैयाँ, पूर्व कराते खेलाडी प्रकाश श्रेष्ठले खाजा खर्चको लागि ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
खेलाडी बिदाई कार्यक्रममा प्रतियोगिताका व्यवस्थापक सुशिल घिमिरे, जिल्ला बक्सिङ संघ मकवानपुरका सचिव, भाजुरत्न श्रेष्ठ, सदस्य रोशिक श्रेष्ठलगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।