मकवानपुर । नेपाल सरकारबाट ५ वर्ष अगाडि घोषित औद्योगिक क्षेत्रहरुको शिलान्यास गरिएकाे छ । बागमती प्रदेशकाे राजधानी हेटौंडा १४ मा अवस्थित मयुरधापमा मयुरधाप औद्योगिक क्षेत्रकाे शिलान्यास गरिएको हाे । शुक्रबार संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भुमिपुजन गरि तयार पारिएको शिलान्यासलाई सार्वजानिक गरे ।
मन्त्री भट्टले राजनितिक स्थिर नभएसम्म औद्योगिक क्षेत्र सहित अन्य क्षेत्रको विकास नहुने बताए ।कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरको रुपमा विकास गरिने बताए । उद्योगको नाममा जग्गा ओगट्ने मात्रै नभइ, उद्योग सञ्चालन गरि नेपालको अर्थतन्त्र परिवर्तनमा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले आयतमुखीभन्दा निर्यातमुखी नभएसम्म आर्थिक परिवर्तन नहुने बताए । यसैगरी मयुरधाप औद्योगिक क्षेत्र लि.का अध्यक्ष नन्दकिशोर बस्नेतले ६ महिना भित्र बिजुली सहितका अनय संरचना निर्माण गरिने बताए ।
यस औद्योगिक क्षेत्र १३४.८६ हेक्टर (१९९ विगाह १७ कठ्ठा) क्षेत्रफलमा फैलिएको आयोजनामा ६२ वटा प्टलहरु रहेका छन् । प्रतिप्लट ७ देखि १४ रोपनी क्षेत्रफलमा रहेको छ । उक्त क्षेत्रमा हेलिप्याड देखि शसस्त्र गण,पेट्रोल पप्प, विजुली स्टेशन, हेभि गाडी पार्किङ, वाटर ट्याङ्क, स्टाफ क्वाटर,ल्याव लगायत विभिन्न संरचनाहरु निर्माण गरिने छ ।

मयुरधाप औद्योगिक क्षेत्रमा पूर्वाधार विकासको लागि रु ७ अर्ब २ करोड १४ लाख रकम सरकारी क्षेत्रबाट लगानी गरी निर्माण कार्य यथाशिघ्र प्रारम्भ गर्ने लक्ष्य रहेको हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए ।
उक्त औद्योगिक क्षेत्रमा १९९ बिगाहा १७ कठ्ठा सरकारी जग्गा संघीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रको नाममा दर्ता गरी लालपूर्जा पनि हस्तान्तरण गरिसकिएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । मयुरधाप औद्योगिक क्षेत्रमा वि.सं. ०७५ साल कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिसकिएको पनि बताइएको छ ।
निकट भविष्यमा सो औद्योगिक क्षेत्रमा विभिन्न उद्योग स्थापना गरी संचालन हुँदा प्रत्यक्ष अप्रत्यक्ष गरी १० हजार व्यक्तिहरुले रोजगार अवसर प्राप्त गर्ने भएको बताएइको छ ।