मकवानपुर / महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरले जिल्लाकाे बकैया गाउँपालिका वडा ७ मा कृषि सामग्री हस्तान्तरण सहित च्याउ उत्पादक केन्द्रकाे उद्घाटन गरिएकाे छ ।
बागमती प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावादाेर्जे लामाले जिल्लाको बकैया गाउँपालिका ७ हात्तीखोलामा नमुना च्याउ बिउ उत्पादन केन्द्रको उद्घाटन गरेका छन् । निर्वाहमुखि कृषि प्रणालिबाट व्यवासायिमुखी तर्फ लाग्नुपर्ने मन्त्री लामाले बताए ।
महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरको आयोजना तथा युएनडिपी र बकैया गाउँपालिकाको आर्थिक सहयोगमा किसानहरुका लागि आवश्यक कृषि सामग्री वितरण समेत गरिएको हाे । किसानहरुलाई खेतीमा सहयोग होस् भन्ने उदेश्यले करीब २५ लाख बराबरको कृषि मेसिनरी सामान वितरण गरिएको महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरकी संयोजक इन्दिरा न्यौपानेले जानकारी दिइन् ।

एक वर्षे अनुदान कार्यक्रम अन्तरगत युएनडिपीको १ करोड रुपैया र गाउँपालिकाको ७० लाख सहयोगमा गाउँपालिकाका ७ वटा वडामा विभिन्न किसिमका कृषि सामग्री हस्तान्तरणको काम भइरहेको छ । जस अन्तरगत आज मात्रै वडा नम्बर ४, ७ र ९ लाई २५ लाख रुपैया बराबरको च्याउको बिउ उत्पादन गर्ने मेसिन, च्याउको लागि चाहिने पराल पकाउने मेसिन, आलु खन्ने, तरकारी गोड्ने, धान चुट्ने मेसिन र कुटान पिसान मेसिन हस्तान्तरण गरिएको हो ।
कृषि मन्त्री लामाले समृद्धी टोल विकास संस्थाका अध्यक्ष पर्शुराम गौतमलाइ मेसिन हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कार्यकारी अधिकृत, लक्ष्मण पुडासैनी, ९ नम्बर वडा अध्यक्ष रामकाजी लामिछाने, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, युएनडिपीका संयोजक धनबहादुर चन्द, समृद्धी टोल विकास संस्थाका अध्यक्ष पर्शुराम गौतम ले बताए ।

कार्यक्रममा महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरका संरक्षक माइकल रामचन्द्र अर्यालको आतिथ्यता तथा समुहकी संयोजक न्यौपानेको अध्यक्षतामा कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष दामाेदर खनाल, उपाध्यक्षा सरला बाेलखे, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पुडासैनीलगायतले कृषिमा नविनताकाे लागि कृषि सामग्री हस्तान्तरण गर्ने, सामुहिक कृषि प्रणालीलाइ प्राेत्साहन गर्ने जस्ता कार्यक्रम पालिकाबाट पनि प्राथमिकतामा राखिएकाे बताए ।