मकवानपुर । फागुन १५ गते शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। अहिले तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ।
विहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाले विहीबार विहान जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शुक्रबार र शनिबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।