मकवानपुर । फागुन १४ गते शुक्रबारदेखि हुने हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको अायाेजना हुने भएकाे छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो।
प्रतियोगिताको पहिलो तथा उद्घाटन खेल ११ र १ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ। हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) सञ्चालन हुने प्रतियोगिता फागुन १४ गतेबाट २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता नकआउटका आधारमा हुनेछ। उपहानगरपालिकाको १९ वटै वडाको सहभागिता रहने प्रतियोगितामा चार वटा समुहमा विभाजन गरिएको छ । समुह ए मा वडा नं.११,१,९,१७ र १३ रहेका छन् भने समुह बी मा ७,३,१८,१२ र १५ रहेका छन् । त्यस्तै समुह सि मा १६,१९,४,२ र १० रहेका छन् भने समुह डि मा ५,८,१४ र ६ नम्बर वडा रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेतालाई नगद २ लाख रुपैया, उपविजेताले नगद १ लाख ५० हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार रुपैया, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच/पाँच हजार रुपैया प्राप्त गर्नेछन् ।
त्यस्तै आयोजकले प्रतियोगिता संचालनको लागि सबै जसो तयारी पुरा भएको समेत जानकारी दिएको छ ।