मकवानपुर । अभिनेत्री वर्षा सिवाकोटी ‘कालीपुरुष’ फिल्ममा अनुबन्धित भएकी छन्। हालै ‘परदेशी २’को छायांकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध छिन्। सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यो फिल्म इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो।
फिल्म राघव आचार्यले निर्देशन गर्ने छन् भने मानकृष्ण महर्जनको छायाँंकन रहने छ । ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको मुख्य भूमिका रहनेछ। फिल्मको अन्य टिम छनौटको क्रममा रहेका इभाना इन्टरटेन्मेन्टले जनाएकाे छ।फिल्मको छायाँकन फागुणको अन्तिम साताबाट सुरु बताइएको छ।