मकवानपुर । संसद विघटन सम्वन्धि अस्पष्टता हटाउन सर्वोच्चले थप व्याख्या गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताएका छन् । गृहजिल्ला मकवानपुरमा टोल-टोलमा राप्रपाले अभियान संचालन गरिरहेकाेमा थापाले मंगलबार हेटाैंडा १३ पदमपोखरिमा आयोजित कार्यक्रमलाइ सम्बाेधन गर्दै सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।
‘प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कदमको अन्त्यको निमित्त नयाँ जनादेशमा जानकाे लागि चुनाब आवश्यक छ’ अध्यक्ष थापाले भने –‘राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव उत्तम विकल्प हाे ।’
थापाले भने बिगत १४ बर्षको राजनितीक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्ने बताउँदै स्वाधिन ,सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने बेला अाएकाे छ । निशेधको राजनिती परित्याग गर्नुपर्छ उनले भने, ‘अपवित्र गठवन्धन बनाएर काग्रेसले सत्ताको लोभ देखायो भने काँग्रेस पनि जनताको नजरबाट खस्नेछ ।’
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बिदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनु पर्ने उनको धारणा थियो। ‘बिदेशिको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य ब्यबस्था र प्रणाली कायम गरौ , जुन सहमतिको आधारित होस’ थापाले भने । भ्रष्टाचार, बेरोजगारी र धर्मपरिबर्तनले मुलुकलाई थप अधोगती तर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए ।
कार्यक्रममा बोल्दै नेता मधु अधिकारिले काङ्ग्रेस कम्युनिस्ट असफल भएकोले राप्रपा अब जनताको छनौट हुनुपर्ने भएको भन्दै संगठन सुदृढीकरणमा जोड दिए । कार्यक्रममा नेताहरु राजाराम बर्तौला, गुरु सापकोटा, इन्दिरा डल्लाकोटी, गुन्जन न्यौपाने, कृष्ण मैनाली, दामोदर वाग्ले, भबनाथ दुलाल, चन्द्र लामा, किशोर मैनाली ,भृगु कार्की लगायतको उपस्थिति थियो ।