मकवानपुर / विन्दवासिनी मिडिया प्रालिद्घारा सन्चालित रेडियो थाहा सन्चार ९९ दशमलव ६ एफएम, हेटौंडाले तेह्रौं वार्षिकोत्सवका अवसरमा आज (शुक्रबार) समाजका लागि योगदान पु-याउँने दुई जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वार्षिकोत्सव समापन एवम् साहित्य सम्मेलन गर्दै कृषि क्षेत्रमा योगदान पु¥याए बापत नारायणप्रसाद देवकोटा र साहित्यमा योगदान पु¥याएबापत मुना अर्याललाई ‘थाहासम्मान २०७७’ सम्मान प्रदान गरिएको हो ।
सम्मानित भएका मकवानपुरे सहकारी अभियन्ता देवकोटाले दुग्ध उत्पादक सहकारी संस्था स्थापना गरी जिल्ला तथा केन्द्रिय दुुग्ध उत्पादक सहकारी संस्थालाई नेतृत्व दिँदै दुग्ध यवसायलाई सहकारी अभियानमार्फत प्रबर्ध्दनका लागि योगदान पु-याएका छन् भने मकवानपुर, हेटौंडाक मुना अर्याल विगत सत्र वर्षदेखि साहित्यमा सक्रिय भई समाजलाई योगदान पु-याएकी छिन् ।
कार्यक्रममा दिपक गौतम, छवि अनित्य,एसके निधन , मनोज पोखरेल, भावना सापकोटा, दिनेश शर्मा न्यौपाने, डिवि बर्तौला, अनिता न्यौपाने लगायतका साहित्कारहरुले रचना वाचन गरेका थिए ।
रेडियो सन्चालक अरुणराज सुमार्गीको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा बार्षिकोत्सव समारोह आयोजना भएको हो । प्रमुख जिल्ला अधिकारी रिजालले रेडियोलाई वार्षिकोत्सवका अवसरमा बधाईं दिँदै थप सफलताका लागि शुभकामना व्यक्त गरे ।
रेडियोका सन्चालक सुमार्गीले रेडियो सधैं निष्पक्ष सक्रियताको अभ्यासमा आवाज विहीनहरुको आवाज बनेर लागिपर्ने प्रतिबद्ता व्यक्त गरे । रेडियोको सफलतामा साथ दिनेस्रोता, शुभचिन्तक, विज्ञापनदाताप्रति उनले आभार व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार तुल्सी थापा,धनराज गिरी र बागमती प्रदेशका प्रेस रजिष्टार रेवतीप्रसाद सापकोटाको आतिथ्यता थियो । साहित्यकार पुष्प अधिकारी अञ्जली, रेडियोका संरक्षक विश्वकान्ती कलावती सुमार्गी, रेडियोका सञ्चालक अङ्किता सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटवाल, पत्रकार महासंघ, बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगर, महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी पोष्टराज, महासंघ सचिव एवम् रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारी, ब्रोडकास्टिङ एशोसिएसन अफ (नेपाल) बानका केन्द्रिय उपाध्यक्ष एवम् हेटौंडा एफएमका प्रबन्ध निर्देशक उज्जवल चौलागाईं, प्रेस सेन्टर नेपालका रामकुमार एलन,सुनील खड्कालगायतको आतिथ्यता थियो ।

वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन १ गते साइकल-याली तथा मकवानपुरगढी गाउँपालिकाको बालमैत्री अभियानबारे अन्तरक्रिया, फागुन२ गते सामुदायिक थाहा विकास भवन हस्तान्तरण र रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक अन्तरक्रिया, फागुन ३ गते रक्तदान, फागुन ४ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा व्यवसायिक माछापालन प्रबद्घ्र्रनमा मनहरी गाउँपालिकाको भूमिका विषयक अन्तरक्रिया, फागुन ५ गते ‘सवारी दुर्घटना न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरिय वक्तृत्वकला प्रतियोगिता’ र फागुन ६ गते हेटौंडा भेट्रान्स र मकवानपुरका पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । वि.सं.२०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवशका दिन रेडियो थाहासन्चार हेटौंडा, ९९ दशमलव ६ एफएम शुभारम्भ भएको थियो ।
रेडियो प्रशारणको तेह्रौ वर्ष पूरा गरी चौधौं वर्ष प्रवेश गरेको अवसरमा स्टेशन म्यानेजर मणिराज गौतमले रेडियोका समस्त स्रोता, शुभचिन्तक, विज्ञापनदाताको आड, भरोसा तथा हौसलाकै कारण सूचना, शिक्षा तथा मनोरञ्जन प्रदान गर्दै आफ्ना पाइला अगाडी बढाउन पाइएको बताए ।