- अम्बु विहानी
केहि छैन यहाँ म सङ्ग भने धेरै चोटी ।
फिक्का छ योवनको रङ्ग भने धेरै चोटी ।
साँझ बिहान पटक–पटक उ धाउदा ,
गरिदेउ यो मोह भङ्ग भने धेरै चोटी ।
कहिले नसुन्ने केहि कुरा बानी अनौठो ,
शुरु नगर नया जङ्ग भने धेरै चोटी ।
मेरो लागि त्याग्ने भयो समाजलाई नि ,
फेरी देउ यो सोच्ने ढङ्ग भने धेरै चोटी ।
समिप आउँदा डरले मेरो मुटु काप्छ ,
नछोईदेउ मेरो अङ्ग भने धेरै चोटी ।