मकवानपुर । सरकारले २०७८ साल बैशाखमा गर्ने गरी घाेषणा गरेकाे मध्यावधी निर्वाचनमा मकवानपुरका २ लाख ७२ हजार ४ सय ७८ जना मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको आयोजनामा निर्वाचन आचारसंहिता २०७७ मस्यौदामा भएका व्यावस्था सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरी यसका बारेमा जानकारी दिइएको हो ।
आचार संहिताका विषयमा जिल्लामा विहीबार राजनीतिक दल, मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु, पत्रकार लगायतकाको सहभागितामा अन्तरक्रिया भएको हो । जिल्लामा १ सय ६५ मतदान स्थलमा ३ सय ३८ मतदान केन्द्र रहेकाे तथा मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द प्रसाद पौडेलले बताए।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले निर्वाचन आचार संहिता सबैले पालना गर्नुपर्ने वताए । निर्वाचनका लागि सुरक्षा रणनीति तयार रहेको उनले बताए । बैशाखमा हुने प्रतिनीधिसभाको निर्वाचन स्वस्च्छ र धादली रहित वनाउनका लागि आफुहरु तयार रहेको रिजालले बताए ।