मकवानपुर । हेटाैडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय महिला तथा बालबालिका महाशाखाले उपमहानगरका १९ वटै वडामा महिला जागरण समूह गठन गरेको छ। सवै वडामा महिला जागरण समूह गठन भए सँगै अब उपमहानगरपालिकाले नगरस्तरीय जागरण महिला सञ्जाल गठन गर्ने जनाएको छ । महिलाको चाहना, इच्छा र भावनालाई कदर गर्दै महिलाका लागि महिला अघि बढौं भन्ने उद्देश्यले महिला जागरण समूह गठन गरिएको बताइएकाे छ ।
हेटौंडा उपमहानगरपालिकाले महिला जागरण समूह गठन तथा सञ्चालन कार्यविधि–२०७७ जारी गरे सँगै समूह गठनको कार्य सुरु गरेको थियाे । उपमहानगरपालिकाकाे वडा नम्बर १ बाट सुरु गरिएको महिला जागरण समूह गठनको कार्य वडा नम्बर २ मा ११ सदस्यीय समिति गठन गरेसगै सवै वडामा जागरण समूह गठन कार्य पूरा भएको कार्यक्रम संयोजक गोपिनी गौतमले जानकारी दिइन् ।
वडामा रहेका टोल विकास संस्था, आमा समूह, एकल महिला, दलित महिला र स्वास्थ्य स्वायम्सेविकाको उपस्थितिमा महिला जागरण समूह गठन गरिएको गाैतमले बताइन् । महिला जागरण समूह गठनका लागि वडामा आयोजना गरिएको अधिकांश भेलामा उपमेयर मीनाकुमारी लामा, वडाका महिला जनप्रतिनिधि उपमहानगरपालिकाकाे महिला तथा बालबालिका विकास महाशाखाकी प्रमुख विष्णु लामिछानेको उपस्थिति रहेको थियो ।
महिलाको हकहित र अधिकार प्रवद्र्धन गर्न, महिलामाथि हुने विभेदविरुद्ध अभियान सञ्चालन गर्न, आर्थिक सामाजिक एवम् शैक्षिक रुपमा पछाडि परेका महिलाहरुका लागि क्षमता अभिवृछिका कार्यक्रम सञ्चालन गर्न वडा तथा नगरस्तरमा महिला जागरण समूह गठन गरिएको हो ।