मकवानपुर/ बैतडीकी भागिरथी भट्टको हत्यारालाई कडा सजायँको माग गर्दै हेटौंडामा विरोध प्रदर्शन गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुर शाखाले आयोजना गरेको कार्यक्रममा विरोध -याली पनि निकालिएको हाे ।
हेटौंडाको बुद्धचोकबाट निकालिएको विरोध -याली कान्तिराजपथहुँदै संगमचोक–मानसचोक–लोकप्रियचोकबाट मकवानपुर उद्योग बाणिज्य संघहुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । भागिरथीको हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे, महिला हिंसा बन्द गर लगायतका नारा ¥यालीमा सहभागी महिला तथा विद्यार्थीहरुले लगाएका थिए ।
कार्यक्रममा माईती नेपाल, नारी संरक्षण केन्द्र, सत्यम् जेभियर्स माबि, भुटनदेवी उच्च माबि, सिद्धार्थ माबि, बालजागृति इङ्गलिस बोर्डङ स्कुल, जनज्योति माबि लगायत संघसंस्थाको सहभागिता रहेको थियो । कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी बागमति प्रदेश संयोजक बिनिता अधिकारीको प्रमुख आतिथ्य तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, मेची महाकाली बुहारी संयुक्त आवाजकी प्रदेश २ संयोजक पुजा पाठक तिमल्सिना, केन्द्रीय सल्लाहकार सूर्यहरी मरहठ्ठाको विशेष आतिथ्य रहेको थियो ।
मेची महाकाली बुहारी संयुक्त आवाजकी मकवानपुर सहसचिव राधा सापकोटाले सहजिकरण गर्नु भएको कार्यक्रम मकवानपुर संयोजक कविता थापा खरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अतिथीहरुका साथै छात्राहरुले महिला हिंसा, बलात्कारविरुद्ध कविता तथा मन्तव्य व्यक्त गरेका थिए ।