मकवानपुर । हेटौंडा–१६, हटियास्थित त्रिभूवन माविका विद्यार्थीलाई स्कूल वितरण गरिएकाे छ । हेटौंडा–४ निवासी कुश रिजालले बुबा रामनाथ रिजाल र आमा मायादेवी रिजालको स्मृतिमा त्रिभूवन माविका ५० जना विद्यार्थीलाई मंगलबार व्याग वितरण गरिएको हो ।

विद्यालयको ६१ औं वार्षिकोत्सव एवम् सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा कुश रिजालको परिवार नै सहभागी भई त्रिभूवन माविका कक्षा ६, ७ र ८ मा अध्ययनरत ५० जना विद्यार्थीलाई व्याग वितरण गरिएको हो कुश रिजालले बताए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले विद्यार्थीलाई व्याग वितरण गरेका थिए ।
यसैबीच हेटौंडा -२ मा रहेको सिद्धार्थ माविमा अध्ययन गरेकाे पूर्व विद्यार्थीहरूले विद्यालयलाइ विभिन्न सामाग्री सहयोग गरेका छन। विद्यालयबाट २०६९ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूले प्राथमिक स्वास्थ्य सामाग्री सहितकाे बक्स, डस्टविन,घडी लगायतका सामाग्री सहयोग गरेका हुन।
सरस्वती पूजाको अवसर पारेर आफूहरूले शिक्षा आर्जन गरेको विद्यालयलाई ३२ वटा डस्टविन,३० थान भित्तेघडि,२ थान प्राथमिक उपचार सामाग्री सहितको फस्टएड बाक्स सहयोग गरेको विद्यालयका पूर्व विद्यार्थी सन्तोष धितालले बताए।
उक्त सामाग्री बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन्।

यस्तै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवनको आयोजनामा वसन्त पञ्चमीको अवसर पारेर शैक्षिक सामग्री वितरण गरिएको छ ।
भरतपुर- २९ स्थित राष्ट्रिय आधारभूत विद्यालय स्याउली, भोर्ले र फेवाटार गरि तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सम्पूर्ण किताव नारायणगढका लेखराम सापकाेटाले जनाकारी दिए ।

यस्तै नेपाली कांग्रेस मकवानपुरकी नेतृ तथा समाजसेवी जानकी गिरीले विद्यालयमा गोलघर निर्माण गरेकी छिन् । गिरीले सरस्वती पुजाको अवसर पारेर हेटौंडा १ चाइनाक्वाटरमा स्थित अमर माध्यामिक विद्यालयलाई गोलघर निर्माण गरी सहयोग गरेकी हुन् ।

स्थानीयबासी गिरीले विद्यालय परिसरमा एक लाख खर्चमा बालबालिकालाई खाजाखाने गोलघर निर्माण गरी सरस्वती पुजाको दिनमा उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेकी छिन् । साना साना विद्यार्थी भाइबहिनीलाई खाजा खानेबेला सहज होस भन्ने हेतुले आफ्नै खर्चमा गोलघर निर्माण गरिएको गिरीले बताइन् । गिरी नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्य समेत हुन् ।