मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध काठ र अटोसहित हेटौंडा दुई जनालाई नियन्त्रणमा लिएको छ । अटो चालक हेटौंडा १५ बस्ने २४ वर्षीय बुद्ध लामा लोप्चन र अटोमा सवार सोही ठाउँका २५ वर्षीय बिक्रम रुम्बालाइ अवंध काठ र अटाे सहित प्रहरीले पक्राउ गरेकाे छ ।
हेटौंडा वडा नम्बर १५ चित्रपानी सामुदायिक बनबाट सालको गोलिया काटि प्रदेश ३–०३–००१ ह ०१४० नम्बरको अटोमा लुकाई छिपाई ओसारिरहेको अवस्थामा अबैध सालको काठ २.५० क्यु फिटसहित उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गतराति नियन्त्रणमा लिएको हो ।
प्रहरीले बरामद काठ र अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताए । यसैगरी प्रहरीले सोही जंगलमा सालको काठ काटी बेवारीसे अवस्थामा राखेको अबैध सालको काठ २०.५४ क्यु. फिट काठ नियन्त्रणमा लिई डिभिजन वन कार्यालय मकवानपुर पठाईएको रानाले जानकारी दिए ।

यस्तै माघ २ गते राती २०:३५ बजेको समयमा ईलाका प्रहरी कार्यालय मकवानपुर गढीबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध रुपमा नदिजन्य पदार्थ ढुंगा सहित ट्याक्टर नियन्त्रणमा लिएकाे छ । मकवानपुर गढी गाउँ पालिका वडा नं. ६ स्थीत सामरी खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा लोड गरेको ना ६ त ४६० नम्बरकाे ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाईएको प्रवक्ता रानाले बताए ।