मकवानपुर । गजल मञ्च मकववानपुरले हरेक महिना पहिलो शनिबार आयोजना गर्दै आएकाे गजल यात्राको एक सय ७५ औं शृङ्खला सम्पन्न गरेकाे छ ।
मञ्चका उपाध्यक्ष सीएम रिमालको अध्यक्षतामा शनिबार भएको गजल यात्रा कार्यक्रम गीतकार/गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एक दजनभन्दा बढी गजलकारले आफ्नो गजल गायन तथा बाचन गरी सुनाएका थिए ।
कार्यक्रममा चितवनका गजलकार चेतनाथ रुवाली, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष गणेशकुमार पौडेल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल, गजलकार पुरुषोत्तम आचार्य, किसन पौडेल, सुन्दर कार्की, हरिप्रसाद पौड्याल, साहित्य संगम मकवानपुरका सचिव डिबी वर्तौला, मञ्चका सचिव केशव समर्पण, नवसर्जक साहित्य चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाई, सचिव समर्पण न्यौपाने, सहसचिव रचना भण्डारीलगायतले गजल गायन तथा बाचन गरेकाथिए ।