मकवानपुर । हेटौंडा -७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३० औं वार्षिक साधारणसभा शनिबारदेखि शुरु भएको छ । समुहका अध्यक्ष ज्ञान बहादुर चौलागाईंको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि फेकोफन जिल्ला अध्यक्ष चौलागाईंले सामुदायिक वनलाई उधम मार्फत उपभोक्ताको आर्थिक जिबनस्तर माथी उठाउन समूह लाग्नुपर्ने बताए । वन ऎन संसोधनको लागि फेकोफनले गरेको निरन्तरताकै कारण अहिले प्रदेश सरकारले वनजन्य उधम स्थापना गर्न कुनै दस्तुर नलाग्ने निर्णय गरेको बताए । अब सामुदायिक बन समूह बन संरक्षण गर्ने मात्र नभई उधमशिलता तर्फपनि अघिबढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा समुहका अध्यक्ष चौलागाईंले समुहको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरि समुहले आज शनिबार र अाइतबार साधारणसभा संचालन गरेको जानकारी दिए। यस्तै समुहले दुनाटपरी बनाउनको लागि मेसिन खरिद गरि उपभोक्तालाई तालिम समेत प्रदान गरिसकेको उनले बता।
यसैगरी समुहका सचीव शान्ती तिमल्सिनाले समुहले गरेका गतिविधि सहितको प्रगती प्रतिवेदन र कोषाध्यक्ष भरत अधिकारीले समुहको आर्थिक प्रतिवेदन र आगामी बर्षको लागि १२ लाख बराबरको अनुमानित आयब्यय प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा समुहका सल्लाहकार रघु आचार्य, रानी सामुदायिक वन समुहका अध्यक्ष कृष्ण बिडारी, डिभिजन वन कार्यालय हेटौंडाका वन प्राबिधिक निश्चल घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए।
समुहको भवनमा शुरु भएको साधारणसभा आईतवार नयाँ कार्यसमिति चयन गरि समापन हुने समुहका उपाध्यक्ष रामचन्द्र अधिकारीले बताए । ७१दशमलव १२ हेक्टर क्षेत्रमा फैलिएको वन समुहमा कुल २ सय ३३ सदस्य घरधुरी रहेका समुहले जनाएकाे छ ।