मकवानपुर । कोरोना भाइरस (कोभिड-१९) का कारण बुधबार मृत्यु शून्य भएकाे छ । यो सँगै माघ महिनामा तेस्रोपटक काेराेनाकाे कारण शून्य मृत्यु भएको हाे ।
मंगलबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको थियो । विगत चौबीस घण्टामा ३ हजार ५ सय ६७ जनाको पीसीआर परीक्षण गरिएकामा १ सय ३४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ ।
त्यस्तै गएको चौबीस घण्टामा १ सय १८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ । हाल क्वारेन्टिनमा ८८ जना छन् भने आइसोलेसनमा १ हजार ७ सय ५३ जना रहेको मन्त्रालयले जनाएको छ ।