मकवानपुर / नेपाल बंगलादेश बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि मकवानपुर र मकवानपुर गढी गाँउपालिका सहकारी समान्वय समितिको सहकार्यमा किसान कृषि लोन कार्डको योजना सुरु भएको छ ।
मकवानपुरगढीका साना किसानलाई पशुपन्छी पालन तथा कृषि उद्यम गर्न वित्तीय, प्रावधिक, बजार व्यवस्थापनलगायत कार्यमा सहजीकरण तथा समन्वय गर्न सहयोग गर्ने उद्देश्यले लोन कार्ड सुरु गरिएको बैंकले जनाएको छ ।
नेपाल बंगलादेश बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिका सुनिता न्हेम्हाफुकी, मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष विदुर हुमागाईं र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिका सह संयोजक कल्पना श्रेष्ठले उक्त चौपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।