मकवानपुर । मकवानपुर प्रहरीले ३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतबाट कैद तथा जरिवाना ताेकिइ भुक्तान गर्न बाँकी रहेकाे उनीहरूलाइ माघ २१ गते पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला अदालत मकवानपुरकाे फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद तथा . २ लाख ६४ हजार रूपैया जरीवाना ताेकी भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर हेटाैडा वडा नं. १६ का बस्ने ४५ को प्रेम बहादुर स्याङतानलाई माघ २१ बुधबार पक्राउ गरी कैद तथा जरीवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले वन मुद्दामा १८ दिन कैद र रु १९ हजार ७ सय ५० जरीवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुर मनहरी गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ४८ को हरीकृष्ण न्यौपानेलाई २१ गते जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ९ बाट पक्राउ गरी कैद तथा जरीवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।
यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले वन मुद्दामा १८ दिन कैद र रु १९ हजरा ७ सय ५० जरीवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुर मनहरी वडा नं. ९ बस्ने वर्ष ४२ को भेष बहादुर अधिकारीलाई माघ २१ गते पक्राउ गरी कैद तथा जरीवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको रानाले बताए ।