मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक सभा तथा निर्वाचन कार्यक्रम आगामी चैत्र २१ बाट हेने भएकाे छ । संघकाे वार्षिक सभा तथा निर्वाचन आउँदाे चैत्र २१ देखि २३ गते हुने भएको हाे ।
चैत्र २१ गते उद्घाटन सत्र हुनेछ भने चैत्र २२ गते उम्मेदवारी दर्ता, मतदाता तथा उम्मेदवार नामावली प्रकाशन लगायतका कार्य हुने मकवानपुर उद्याेग वाणिज्य संघले जनाएकाे छ ।त्यसैगरी २३ गते मतदान कार्यक्रम हुनेछ । मतदान कार्यक्रम सम्पन्न भएलगत्तै मतगणना हुनेछ । अन्तिम मत परिणाम घोषणा भएको ३ दिन भित्र पद हस्तान्तरण तथा सपथ ग्रहण गर्ने संघको प्रचलन रहेकाे बताइएकाे छ