काठमाडाैं । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशले प्रदेश तथा स्थानीय तहमा क्षमता विकास कार्यक्रमका बिद्यमान आयामहरु बिषयक मिडिया संवाद कार्यक्रम गरेको छ । प्रदेश नीति योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्यामप्रसाद बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका महत्त्वपूर्ण उपलब्धिहरुबारे जानकारी गराईएको थियो । कार्यक्रम प्रदेश नीति योजना आयोगका कार्यवाहक उपाध्यक्ष बस्नेतले प्रदेश सरकारले सम्पन्न गरेको कार्य तथा उपलब्धि बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

बागमती प्रदेशले ३ बर्ष पूरा गरेकै दिन ललितपुर जावलाखेलमा आयोजना गरिएको कार्यक्रम संघीयताका बिज्ञ डा.श्यामकृष्ण भुर्तेलले प्रदेश सरकारले आफ्नो उपस्थिति महत्त्वपूर्ण देखाउदै आएको बताए । राज्य एकात्मकबाट संघीयतामा गएको कारण केही उपलब्धि देखिनु चुनौती देखिनु स्वभाविक भएको भन्दै उनले ३ तहबिचको कार्य बांडभाड अझै राम्रो गर्नु पर्ने बताए । संघीयता भित्र संघ, प्रदेश र स्थानीय तहहरु आपसमा समन्वय र सहकार्य जरुरी रहेको बताए । नेपालमा संघीयतको नयाँ आयाम भएकोले महत्वाकांक्षा अनुसार काम हुँदै आएको उनले बताए ।

केन्द्रका कार्यकारी निर्देशक बिमल पोखरेलले प्रदेश सरकारको व्यवस्थापछि स्थापना गरिएको केन्द्रले क्षेमता विकासको लागि तालीम प्रदान गर्ने, तालीमको लागि पाठ्यक्रम तयारी गर्ने, सरकार प्रती जनताको सन्तुष्टिलगायतको अध्ययन गर्ने जस्ता कार्य गर्ने बताए । प्रदेश सुशासन केन्द्रले स्थानीय तहको संस्थागत क्षमता विकासको कार्यक्रम गर्ने, राजश्व सुधार कार्यक्रम, सार्वजनिक उत्तदायित्वको बारेमा तालिम प्रदान गर्ने उनले बताए ।
जनताको माअग अनुसार अन्य काम पनि गर्ने उनले बताए । प्रदेश सरकारको क्षमता विकासमा केन्द्रले अन्य आवश्यक अनुसन्धानको काम गर्ने केन्द्रको रुपमा काम जारी राखेको उनले बताए ।